जोडिनुहोस
  • होमपेज
  • सरकार बनाउने र ढाल्ने खेलमा एमाले नलाग्ने

सरकार बनाउने र ढाल्ने खेलमा एमाले नलाग्ने

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आफ्नो पार्टी सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने बताएका छन् ।

पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमको समापनका लागि धादिङ पुगेका उपमहासचिव रिमालले प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाटमा आफ्नो पार्टी जिम्मेवार प्रतिपक्ष बनेर खबरदारी गर्ने बताए ।

अर्थतन्त्र सङ्कटमा पर्न नदिन एमालेले जिम्मेवार भूमिका खेल्ने उनको भनाइ थियो । अहिलेको सरकार आफ्ना दलगत स्वार्थ व्यवस्थापनमा केन्द्रित भएकाले प्रमुख प्रतिपक्षका रुपमा एमालेले खबरदारी जारी राख्ने उनको भनाइ छ ।

फरक प्रसङ्गमा रिमालले अहिलेको उपनिर्वाचनमा आएको चुनावी नतिजाले देशलाई नीतिगत तथा राजनीतिक प्रभाव पार्ने अवस्था नरहेको बताए । उनले भने यो नतिजाले देशको राजनीतिलाई खास असर गर्दैन । हामीले यो चुनावमा केही पाएनौँ, केही गुमाएनौँ पनि ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका