जोडिनुहोस
  • होमपेज
  • कैलाली अत्तरियाको होटलमा एक पुरुष मृत फेला

स्वास्थ्य/जीवनशैली

कैलाली अत्तरियाको होटलमा एक पुरुष मृत फेला

  • Sagarmatha TV
  • मङ्लबार, बैशाख १२, २०८०
कैलाली अत्तरियाको होटलमा एक पुरुष मृत फेला

धनगढी : कैलालीको अत्तरियास्थित एक होटलमा पुरुष मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियास्थित बसपार्क (पहाड रोड) रहेको न्यू सत्कार होटलमा दार्चुलाको ब्याँस गाउँपालिका–३ का अन्दाजी ४५ वर्षीय मोहनसिंह मृत फेला परेका हुन्।

१० वैशाखमा कोठा लिएर बसेका सिंह हिजो साँझ मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले होटलको १०३ नम्बर कोठामा बसेका सिंह मृत अवस्थामा भेटिएको बताए।

चन्दकाअनुसार उनी शौचालयमा झुण्डिएको अवस्थामा भेटिए पनि घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनका आफन्तलाई खबर गरेपछि उनीहरू पहाड (दार्चुला) बाट धनगढी आइरहेको बताइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका