जोडिनुहोस
  • होमपेज
  • कुवेतद्वारा सिंगापुर ४ विकेटले पराजित

कुवेतद्वारा सिंगापुर ४ विकेटले पराजित

काठमाडौँ । काठमाडौँमा जारी एसीसी पुरुष प्रिमियर कप प्रतियोगितामा कुवेतले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । सिंगापुरले प्रस्तुत गरेको ११४ रनको सामान्य लक्ष्य कुवेतले १४१ बल अगावै ६ विकेटको क्षतिमा पछ्याएको हो ।

कुवेतको जीतमा अदनान इद्रिसले सर्वाधिक ३८ रन बनाए भने मित भावसार २७ रन तथा यासिन पटेल २१ रन बनाएर अविजीत रहे । सिंगापुरका विनोथ बासकरन र अक्षय पुरीले २–२ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ३१ दशमलब चार ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल बनाएको थियो ।

सिङ्गापुरका लागि सुरुआती ब्याट्सम्यान अर्मत्य कौलले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६० बल नौ चौकाको मद्दतमा ४५ रन बनाएका हुन् । त्यसैगरी मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए भने थिलिपन उमरदुराईले १३ रन जाडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका