जोडिनुहोस
  • होमपेज
  • हामीमाथि अनेक लाञ्छना लगाउनेलाई जनताले एकमुष्ट जवाफ दिए : रवि लामिछाने

हामीमाथि अनेक लाञ्छना लगाउनेलाई जनताले एकमुष्ट जवाफ दिए : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूमाथि लगाएको आरोपको जवाफ चितवनवासीले दिएको बताएका छन् । चितवन २ बाट भारी मतान्तरले निर्वाचित भएपछि उनले निर्वाचनको क्रममा आफूहरूमाथि गरेको अपमानको जवाफ जनताले दिएको बताए ।

उनले भने, ‘निर्वाचनको क्रममा हामीमाथि विभिन्न लाञ्छना लगाएका छन् । विभिन्न आरोप प्रत्यारोप लगाएका छन् । अपमान गरेका छन् । सार्वजनिक अभिव्यक्ति नै सुन्न नसक्नेछन् । व्यक्तिगत तहमै उत्रिएर गालीगलौज गरेका छन् । कतिपयल जवाफ दिनुस् भन्नुहुन्थ्यो । तर, मैले भन्ने गर्थें- यसको जवाफ मैले राख्नु पर्दैन चितवनवासीले राखेका छन् भनेर । आज सबैको जवाफ एकमुष्टरूपमा चितवनले स्वस्तिक छाप लगाएर दिएको छ ।’

निर्वाचनको क्रममा आफ्ना समर्थकबाट भएको गल्तीमा उनले माफी मागे । उनले अब चितवनको विकासमा लाग्ने प्रण गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका