जोडिनुहोस
  • होमपेज
  • सर्लाहीको चन्द्रनगरमा जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु

सर्लाहीको चन्द्रनगरमा जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु

सर्लाही – सर्लाहीको चन्द्रनगर गाउँपालिकाले जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरेको छ ।

चन्द्रनगर गाउँपालिका–४ स्थित गढ टोलाबाट जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरिएको पालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

वडा नं ४ को दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरेर अभियान सुरुआत गरिएको नापी कार्यालयका प्रमुख सञ्जय मनान्धरले बताए । उनका अनुसार पुस्तौँ पुस्तादेखि जोतभोग गरिरहेको गाउँ ब्लक जग्गाको लालपुर्जा सम्बन्धित व्यक्तिहरूलाई प्रदान गरिएको छ ।

‘पुस्तौँ देखि जोतभोग गरिरहेको जमिनको पहिलो पटक जग्गा धनी पुर्जा प्राप्त हुँदा आफूलाई निकै खुसी लागेको छ ।’ स्थानीयवासी नागेन्द्र महराले भने, ‘आफ्नो पिता पुर्खादेखि लालपुर्जा नहुँदा धेरै दुःख पाइया थियो । बल्ल अहिले आफूले जोत भोग गरेको जमिनको जग्गाधनी पुर्जा प्राप्त भयो ।’

वर्षौँ वर्षदेखि आफूहरू जग्गा भएर पनि जग्गाविहीन भएर बस्न बाध्य भएकोमा अहिले धनी पुर्जा प्राप्त हुँदा खुसी लागेको अर्की स्थानीयवासी संझादेवी माझीले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका