जोडिनुहोस
  • होमपेज
  • क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौँ–  क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ परेकी छिन् ।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १८ स्थायी घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं ५ जम्बुडाँडा बस्ने विपना कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले सुनिता गोतामेलाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाइ होटेलमा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी पटक पटक गरी नौ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको विशेष प्रहरी टोलीले उनकाे खोजतलास गर्ने क्रममा मंगलबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका जम्बुडाँडाबाट पक्राउ गरेको हो ।

उनलाइ थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका