जोडिनुहोस
  • होमपेज
  • सुदूरपश्चिम प्रदेशमा आज १५ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज १५ जनामा कोरोना संक्रमण पुष्टि

बैतडी: सुदूरपश्चिम प्रदेशमा आज १५ जनामा कोरोना संक्रमण देखिएको छ। गत २४ घण्टामा २०६ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

क्रमण पुष्टि हुने अधिकांश भारतबाट फर्किएका रहेको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। यसअघि हिजो ११ जनामा संक्रमण देखिएको थियो।

भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको छ।

संक्रमणको जोखिम बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न निर्देशनालयले आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका