जोडिनुहोस
  • होमपेज
  • आज बुधबार, यस्तो छ तपाईँको राशिफल

आज बुधबार, यस्तो छ तपाईँको राशिफल

१३ वैशाख २०८०, बुधबार । वैशाख शुक्ल षष्ठी तिथि । पञ्चाङ्ग सुकर्मा तैतल पुनर्वसु । आज विश्व बौद्धिक सम्पत्ति दिवस । बुधबार तपाईंको राशिफल ।

मेष

आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ ।

वृष

पढाइलेखाइमा प्रगति हुनेछ । आम्दानीका नयाँ स्रोतहरु फेला पर्नेछन् । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।

मिथुन

आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।

कर्कट

घरेलु काममा रुचि बढ्नेछ । धार्मिक र सामजिक काममा व्यस्त रहनुपर्नेछ । सवारीमा समेत सावधानी अपनाउनुपर्ला । स्वास्थ्यमा केहि समस्या देखिन सक्छ ।

सिंह

मेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ । पढाईलेखाइमा प्रगति हुनेछ । व्यापार व्यवसायमा गरेको लाभ मिल्न सक्छ ।

कन्या

दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । आम्दानीका नयाँ स्रोतहरु फेला पर्नेछन । व्यापार व्यवसायमा फाइदा हुनेछ । रमाइलो यात्राको योग रहेकोछ ।

तुला

साथीभाईसँग रमाइलो भेटघाट हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । अरुले तपाईको मेहनत र इमान्दारिताको खुलेर प्रशंसा गर्नेछन् ।

वृश्चिक

परोपकारी काममा रुचि बढ्नेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । विश्वास गरेकाले धोका दिन सक्छन् । सामाजिक उत्तरदायित्व बढ्नेछ ।

धनु

सामाजिक उत्तरदायित्व वहन गर्दै विदेश जाने मौका मिल्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइलेखाइमा प्रगति हुनेछ ।

मकर

शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ । प्रयास गर्दा व्यावसायिक काम सफल हुनेछन् । विगतका समस्या बल्झिए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ ।

कुम्भ

स्वास्थ्यमा केहि समस्या आउने देखिन्छ । आफन्तसँग असमझदारी बढ्न सक्छ । लामो समयपछि साथीभाईसँग भेटघाट हुँदा मन खुसी रहनेछ ।

मीन

टाढाको यात्राको सम्भावना देखिन्छ । पढाइलेखाइमा प्रगति हुनेछ । व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ । मेहनत गर्दा गेरको कामहरु सफल हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका