जोडिनुहोस
  • होमपेज
  • रियल मड्रिडविरुद्ध जिरोनको चार गोल

रियल मड्रिडविरुद्ध जिरोनको चार गोल

काठमाडौं : स्पेनिस ला लिगामा रियल म्याड्रिड जिरोनसँग पराजित भएको छ।

गएराति सम्पन्न खेलमा जिरोनले रियल म्याड्रिडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो। जिरोनको जितमा भ्यालेनटाइन कास्टेलानोसले चारै गोल गरेका थिए । उनले खेलको १२औं, २४औ, ४६औ र ६२औं मिनेटमा गोल गरेका थिए।​ रियल म्याड्रिडका लागि भिनिसियस जुनियर र लुकास भाजक्वेजले एक एक गोल गरे।

यस हारले रियल म्याड्रिडलाई उपाधि होडमा धक्का लागेको छ। रियल म्याड्रिडको ३१ खेलमा ६५ अंक रहेको छ र शिर्ष स्थानमा रहेको बार्सिलोनासँग ११ अंकले पछाडी रहेको छ।

यो हारपछि अब बार्सिलोनालाई १४ अंकको अग्रता बनाउने अवसर मिलेको छ। एक खेल कम खेलेको बार्सिलोनाको ३० खेलमा ७६ अंक रहेको छ।

जितपछि जिरोनको ३१ खेलमा ४१ अंक भएको छ र लिगमा नवौं स्थानमा उक्लिएको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका