जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै

‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन् । लिगको १२ औं चरण अन्तर्गत बुधबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

थ्री स्टार आज सातौं जितको योजनामा हुनेछ । थ्री स्टार ११ खेलमा २१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मछिन्द्र पाँचौं जितको खोजीमा हुनेछ । मछिन्द्र ११ खेलमा १६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र जावलाखेलबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

हिमालयन आज तेस्रो जित निकाल्न चाहन्छ । हिमालयन ११ खेलमा १० अंक जोडेर १३ औं स्थानमा रहेको छ । जावलाखेल आठौं जितको योजनामा हुनेछ । जावलाखेल ११ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै च्यासल मैदानमा सातदोबाटो युथ क्लब र संकटा क्लबबीच खेल हुनेछ । सातदोबाटो र संकटाबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सातदोबाटो छैटौं जितको खोजीमा हुनेछ । सातदोबाटो ११ खेलमा १८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । संकटा पाँचौं जित निकाल्न चाहन्छ । संकटा ११ खेलमा १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका