जोडिनुहोस
  • होमपेज
  • विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङ । विराटनगरको कन्चनबारी चोक नजिक मालवाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

विराटनगरबाट बूढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना.४ ख ८६७९ नम्बरको ट्रकले बिहान करिब सवा सात बजेतिर ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रक चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका