जोडिनुहोस
  • होमपेज
  • आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै तोलामा २०० रुपैयाँले उकालो लागेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० रुपैयाँ छ । हिजो मंगलबार पनि छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ थियो । सुनको मूल्य लगातार दोस्रो दिन पनि बढेका हो।

सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने घटेको महासंघले जनाएको छ । आज तोलामा ५ रुपैयाँले घटेको चाँदीको कारोबार १४ सय १५ रुपैयाँमा भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका