जोडिनुहोस
  • होमपेज
  • बधाई कार्यक्रम नराखिदिन सभापति सभापति लामिछानेको आग्रह

बधाई कार्यक्रम नराखिदिन सभापति सभापति लामिछानेको आग्रह

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् प्रतिनिधि सभा सदस्यमा पुनः निर्वाचित रवि लामिछानेले थपिएको मत थपिएको जिम्मेवारी भएको बताएका छन्।

मंसिर ४ को निर्वाचनमा ४ हजार ८७६ मत बढी ल्याएर उपनिर्वाचनबाट पुनः निर्वाचित भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । गत निर्वाचनमा लामिछाने ४९ हजार ३०० मत ल्याएर निर्वाचित भएका थिए। तर, नागरिकता विषयमा सर्वोच्चले उनको पद खारेज गरेसँगै यहाँ उपनिर्वाचन भएको हो।

साथै उनले बधाई कार्यक्रम नराखिदिन आग्रह गरेका छन् । आज बिहान चितवनको इच्छाकामना क्षेत्रमा केही कार्यक्रमपछि सिधै काममा लाग्न चाहेको भन्दै उनले लेखेका छन्,‘थपिएको मत थपिएको जिम्मेवारी हो । आज इच्छाकामना क्षेत्रमा केही कार्यक्रम पछि, कहीँ पनि बधाई कार्यक्रम नराखिदिनु होला । हामी सिधै काममा लाग्न चाहन्छौं।’

चितवन क्षेत्र नम्बर २ मा वैशाख १० मा भएको उपनिर्वाचनमा रविले ५४ हजार १७६ मत ल्याए । पुनः निर्वाचित भएलगत्तै आयोजित विजय उत्सवमा उनले मंगलबार चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन २ का मतदाताले दिएको बताएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका