जोडिनुहोस
  • होमपेज
  • काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा २०२१ को आत्मघाती बम विस्फोट गराउने आइएसआईएसका नेता मारिए

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा २०२१ को आत्मघाती बम विस्फोट गराउने आइएसआईएसका नेता मारिए

काबुल – काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा २०२१ को आत्मघाती बम विस्फोट गराउने आइएसआईएसका नेता मारिएका छन् ।

तालिवान सरकारले आइएसआईएसका ती नेतालाई मारेको सीएनएनले जनाएको छ। उसका अनुसार तालिवान प्रशासनले आइएसआईएसका ती नेताको नाम भने अझै सार्वजनिक गरेको छैन।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्तीको अन्तिम दिनमा उनको निर्देशनमा भएको आत्मघाती विस्फोटमा परी १३ अमेरिकी सैनिक तथा १७० भन्दा बढी अफगान नागरिकले ज्यान गुमाएका थिए ।

अमेरिकाका रणनीतिक सञ्चारका लागि राष्ट्रिय सुरक्षा परिषद्का संयोजक जोन किर्बीले उनको मृत्यु भएको पुष्टि गरेका छन् । ‘आज भयानक आक्रमणको मास्टरमाइन्ड भएको आतंककारीलाई तालिवान सरकारले मारेको खबर छ’ उनले भनेका छन् ।

तर, किर्बीले तालिबानले आइएसआईएसका नेतालाई कहिले मारे ? भन्ने बारेमा कुनै जानकारी भने दिएनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका