जोडिनुहोस
  • होमपेज
  • इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दलाहाल पक्राउ

इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दलाहाल पक्राउ

काठमाडौं– इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरीकला दाहाललाई प्रहरीले पक्राउ गरेको छ । 

वैदेशिक रोजगारीको लागि इजरायल पठाई कन्सट्रकसनको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका