जोडिनुहोस
  • होमपेज
  • अध्यक्ष ओलीद्वारा पूर्वअध्यक्ष मनमोहन अधिकारीको सालिकमा माल्यार्पण

अध्यक्ष ओलीद्वारा  पूर्वअध्यक्ष मनमोहन अधिकारीको सालिकमा माल्यार्पण

काठमाडौँ– नेकपा (एमाले) का पूर्वअध्यक्ष तथा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २४औँ स्मृति दिवस  मनाइएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरको सानेपामा गरेको स्मृति दिवसमा अधिकारीप्रति एमालेका शीर्ष नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको सालिकमा माल्यार्पण गरेका छन् । 

सभामा एमालेका वरिष्ठ उपाध्यक्ष तथा  प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले अधिकारीका काम र विचारलाई निरन्तरता दिन जरुरी रहेको बताए । उनले राजनीतिक स्थायित्व,  विकास र समृद्धिका लागि राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र देश बनाउने सपनाको जागरणका पक्षमा उभिनु नै अधिकारीप्रति सच्चा सम्मान हुने विचार व्यक्त गरे। 

अधिकारीका विचार, काम, आदर्श सधैँ जीवित छन् । ती कुराबाट अभिप्रेरित हुँदै सधैँ हामी अगाडि बढिरहनुपर्दछ’, उनले भने । उनले अधिकारीका नाममा स्थापना गरिएका प्रतिष्ठान र संस्थालाई व्यवस्थितसमेत बनाउने बताए । अधिकारी नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । 

अधिकारी २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा हृदयघात भएर उपचारका क्रममा निधन भएको थियो । विसं २०४७ मा नेकपा (एमाले) र नेकपा (माक्र्सवादी) बीचको एकताबाट बनेको नेकपा (एमाले) को उनी अध्यक्ष बनेका थिए । मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दलको हैसियतले एमालेका तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका