जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय सभामा विद्यमान शासन व्यवस्था र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने आवाज उठेको छ

राष्ट्रिय सभामा विद्यमान शासन व्यवस्था र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने आवाज उठेको छ

काठमाडौं– राष्ट्रिय सभामा विद्यमान शासन व्यवस्था र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने आवाज उठेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था र निर्वाचन प्रणालीलाई सुधार नगरे राजनीतिप्रति जनतामा निराशा बढ्न भएकाले परिवर्तन गर्नुपर्ने बताएका हुन् । 

शासन व्यवस्था र निर्वाचन प्रणालीलाई सुधार नगरे स्थिति अकल्पनीय हुने भन्दै उनले एक व्यक्ति दुईपटक मात्र प्रधानमन्त्री बन्न पाउने, सांसद वा मन्त्री तीनपटक र दलको अध्यक्ष दुईपटक मात्र बन्न पाउने व्यवस्था गर्नुपर्ने मौखिक प्रस्ताव गरे । 

निर्वाचन प्रणाली सुधार्नुपर्ने बताउँदै उनले हालको समानुपातिक निर्वाचन प्रणालीलाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिक व्यवस्था गर्नुपर्ने बताए । विद्यमान समानुपातिक निर्वाचन प्रणाली खारेज गरेर प्रत्यक्षमै मिलाउनु पर्नेमा जोड दिएका उनले संघीय संसद् सदस्य २७५ बाट घटाएर १६५ र प्रदेशसभा सदस्य ५५० बाट घटाएर ३३० सदस्य बनाउनुपर्ने बताए । 

अदालत, संवैधानिक निकाय, राजदूत, विश्वविद्यालयमा दलीय आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरुमा पार्टी कार्यकर्ता भर्ती गर्ने कार्य पनि बन्द गर्नुपर्ने उनको प्रस्ताव छ । 

नागरिकका समस्या तत्कालै समाधान गर्ने संयन्त्र बनाउनुपर्ने बताएका उनले सुशासनको प्रत्याभूति हुने भ्रष्टाचार निवारणको अभियान चलाउनुपर्ने बताए । 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका