जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधिसभा बैठकमा निरा आचार्यको हत्या प्रकरणबारे सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा बैठकमा  निरा आचार्यको हत्या प्रकरणबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद बिजुला रायमाझीले काठमाडौँ महानगरपालिका–६ को सरस्वती नगरस्थित आफ्नो व्यवसाय गर्दै आएकी निरा पाण्डे आचार्यको हत्या भएको सात दिन बितिसक्दा पनि अझै दोषी पत्ता लाग्न नसकेको भन्दै सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।  प्रतिनिधिसभाको आजको बैठकमा उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई छिटोभन्दा छिटो कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे।

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अहिले निरा पाण्डेको परिवार शोकमग्न अवस्थामा रहेको जनाउँदै घटनाका दोषी  पत्ता लगाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद थापाले सिंगो काठमाडौँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा दिएर कुनै ठाउँ विशेष मात्र नभई पूरै काठमाडौँमा सिसी क्यामेरा जडान गर्नुपर्ने सुझाव दिए ।

सांसद प्रभु साहले वर्षायामको सुरुआतसँगै आइपर्ने विपद् व्यवस्थापनको सम्बन्धमा सरकारले गरेका पूर्वतयारी बारे सदनलाई जानकारी गराउन  माग गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका