जोडिनुहोस
  • होमपेज
  • गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाउन सत्ता गठबन्धन सक्रिय

गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाउन सत्ता गठबन्धन सक्रिय

काठमाडौं । केन्द्रका सत्ता गठबन्धन दलहरु गण्डकी, लुम्बिनी र कोशी प्रदेशमा नयाँ सरकार बनाउन सक्रिय भएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आहृवान गरेपछि गण्डकीमा नेपाली कांग्रेसले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेको छ । प्रदेश प्रमुख गुरुङले आज अपराह्‍न ४ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आहृवान गरेका छन् । प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसले माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको हो ।

कांग्रेसले संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा पठाउने तयारी छ । आलोपालो गर्ने सहमति भए पनि पहिलो नेतृत्व नपाएको भन्दै माओवादी केन्द्र असन्तुष्ट देखिएको छ । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसको २७, नेकपा एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई र एकीकृत समाजवादी प्रवेश गरेका एक स्वतन्त्र सांसद छन् ।

यसैबीच लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनको आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम आज ४ बजेभित्र दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनको आह्वान भएको हो ।

अब कोशी प्रदेशमा मात्रै नेकपा एमाले नेतृत्वको सरकार छ । यहाँ पनि एमालेलाई सरकार जोगाउन सजिलो छैन । गठबन्धन दलले नयाँ सरकार बनाउन गृहकार्य गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका