जोडिनुहोस
  • होमपेज
  • अमेरिकामा चीनले स्थापना गरेका थप ६ अवैध ‘प्रहरी चौकी’ पत्ता

अमेरिकामा चीनले स्थापना गरेका थप ६ अवैध ‘प्रहरी चौकी’ पत्ता

वासिङ्टन– अमेरिकी सुरक्षा निकायले अमेरिकामा चीनले स्थापना गरेका थप ६ अवैध ‘प्रहरी चौकी’ पत्ता लगाएका छन् ।

न्युयोर्क पोस्टको रिपोर्टका अनुसार अमेरिकी सुरक्षा निकायले आफ्नो देशमा रहेका थप ६ चिनियाँ ‘प्रहरी चौकी’ पत्ता लगाएका हुन् ।

यससँगै अमेरिका भर अन्य धेरै गैरकानूनी संस्थाहरू पनि फैलिएको दाबी गरिएको छ । चीनमाथि बेलाबेलामा जासुसीको आरोप लाग्ने गरेको छ ।

यसअघि अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले न्युयोर्कको म्यानहटनमा चिनियाँ प्रहरी चौकी रहेको खुलासा गरेको थियो । एफबीआईले यस घटनासँग सम्बन्धित दुई जनालाई पक्राउ गरेको थियो ।

लस एन्जलस र न्युयोर्क सहरबाहेक एफबीआईले सान फ्रान्सिस्को, ह्युस्टनका साथै नेब्रास्का र मिनेसोटाका सहरहरूमा पनि चिनियाँ प्रहरी चौकी फेला पारेको बताइएको छ ।

विश्वभर चिनियाँ नागरिकको निगरानी गर्नका लागि चिनियाँ कम्युनिष्ट पार्टीले यस्ता प्रहरी चौकी स्थापना गरेको अधिकारीको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका