जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : दुई खेल हुँदै

‘ए’ डिभिजन लिग : दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन् ।

लिगको १३ औं चरण अन्तर्गत बिहीबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेसमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा एफसी खुमलटार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र पुलिसबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

खुमलटार आज पाँचौं जितको योजनामा हुनेछ । खुमलटार १२ खेलमा १३ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

पुलिस तेस्रो जितको खोजीमा हुनेछ । पुलिस १२ खेलमा ९ अंक जोडेर पुछारमा रहेको छ ।

यस्तै एन्फा कम्प्लेक्समा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

फ्रेन्ड्स आज पाँचौं जित निकाल्न चाहन्छ । फ्रेन्ड्स १२ खेलमा १४ अंक जोडेर १० औं स्थानमा रहेको छ ।

एपीएफ छैटौं जितको योजनामा हुनेछ । एपीएफ १२ खेलमा १७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका