जोडिनुहोस
  • होमपेज
  • जसिन्डा आर्डर्न प्रधानमन्त्री पद छाडेर हार्वर्ड विश्वविद्यालय जाँदै

जसिन्डा आर्डर्न प्रधानमन्त्री पद छाडेर हार्वर्ड विश्वविद्यालय जाँदै

न्युजिल्याण्डकी पूर्व प्रधानमन्त्री जसिन्डा आर्डर्न यसै वर्ष हार्वर्ड विश्वविद्यालयमा एक विद्यार्थीको रूपमा प्रवेश गर्ने भएकी छन् ।

यो घोषणा अमेरिकाको म्यासाचुसेट्सको क्याम्ब्रिजमा रहेको प्रतिष्ठित आइभी लिग विश्वविद्यालयले गरेको हो ।

मङ्गलवार हार्वर्डले दिएको जानकारी अनुसार जसिन्डा हार्वर्ड केनेडी स्कुलमा ‘डुअल फेलोसिप’ अन्तर्गत सामेल हुनेछिन् । उनी एन्जेलोपोलोस ग्लोबल पब्लिक लिडर्स फेलो र हसर लिडरमा सामेल हुनेछिन् ।

‘हार्वर्ड विश्वविद्यालयमा फेलोको रूपमा सामेल हुन पाउँदा म असाध्यै आभारी छु । यसले मलाई मेरो अनुभव अरूसँग बाँड्ने अवसर मात्रै दिने छैन, यसले मलाई सिक्ने मौका पनि दिनेछ,’ आर्डर्नले विज्ञप्तिमा भनिन् ।

यस्तै, आर्डर्नले हार्वर्ड ल स्कुलको बर्कम्यान क्लेन सेन्टर फर इन्टरनेट एन्ड सोसाइटीमा अर्को एउटा छात्रवृत्ति पूरा गर्नेछिन् । जहाँ उनले अतिवादी सामग्रीलाई अनलाइन राख्ने तरिकाबारे अध्ययन गर्नेछिन् ।

बुधवार इन्स्टाग्राम पोस्टमा आर्डर्नले आफूले ‘केही बोल्ने, सिकाउने र सिक्ने’ बताएकी छिन् ।

जसिन्डा आर्डर्न पाँच वर्षभन्दा बढी समयका लागि न्युजिल्यान्डकी प्रधानमन्त्री भइन् । जनवरी २०२३ मा, उनले आफ्नो पदबाट राजीनामाको घोषणा गरेकी थिइन् । यो घोषणा गर्दा उनको गला अवरुद्ध भएको थियो । त्यति बेला उनले ६ वर्षसम्म यो ‘चुनौतीपूर्ण’ पद सम्हाल्न निकै मिहिनेत गरेको बताएकी थिइन् ।

त्यसपछि उनले अबको चार वर्ष उनीसँग योगदान दिनका लागि खासै केही पनि बाँकी नरहेको बताएकी थिइन् । त्यसैले आफूले अर्को चुनाव नलड्ने घोषणा गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका