जोडिनुहोस
  • होमपेज
  • इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डसँग हार्यो चेल्सी

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डसँग हार्यो चेल्सी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा चेल्सीलाई ब्रेन्टफोर्डले २-० गोल अन्तरले हराएको हो ।

ब्रेन्टफोर्डको जितमा ब्रायन एमबेउमोले एक गोल गरे । चेल्सीका सेजर एज्पिलिक्वेटाले एक आत्मघाती गोल गरे ।

खेलको ३७ औं मिनेटमा सेजरले आत्मघाती गोल गरेपछि ब्रेन्टफोर्डले सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७८ औं मिनेटमा ब्रायनले गोल गर्दै ब्रेन्टफोर्डलाई २-० को जित दिलाए ।

लिगमा चेल्सीको यो सिजनको १३ औं हार हो । चेल्सी ३२ खेलमा ३९ अंक जोडेर ११ औं स्थानमा रहेको छ । ब्रेन्टफोर्ड ३३ खेलमा ४७ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका