जोडिनुहोस
  • होमपेज
  • पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु

स्वास्थ्य/जीवनशैली

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु

  • Sagarmatha TV
  • बिहिबार, बैशाख १४, २०८०
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सोही अवधिमा १ सय ११ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार कूल २५१७ जनामा कोरोना परीक्षण गर्दा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कूल २५१७ परीक्षणमध्ये पीसीआर परीक्षणबाट १०४० र एन्टीजेनबाट १४७७ जनामा नमुना परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयले कोरोना सक्रिय सङ्क्रमितको संख्या ३७८ पुगेको जनाएको छ । 

बिहीबार ६० जना संक्रमण मुक्त भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका