जोडिनुहोस
  • होमपेज
  • थप १११ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

थप १११ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

काठमाडौं । कोरोना संक्रमणबाट थप एकजनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप एक जनाको मृत्‍यु भएको हो ।

पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ हजार ५१७ जनाको नमुनामध्‍ये १ हजार ४० जनाको पीसीआर परीक्षण गर्दा ७८ जना र १ हजार ४७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी १११ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७८ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा १८ जना, आईसीयूमा ६ जना  र १ जना भेन्टिलेटरमा उपरचाररत छन् ।

मन्त्रालयका अनुसार बिहीबार मात्र ६० जना कोरोनाबाट निको भएर घर फर्किइसकेका छन् ।

संक्रमण बढेसँगै कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका