जोडिनुहोस
  • होमपेज
  • तिनाउ नदीमा डुबेर बेपत्ता भएका एक किशोर मृत फेला

स्वास्थ्य/जीवनशैली

तिनाउ नदीमा डुबेर बेपत्ता भएका एक किशोर मृत फेला

  • Sagarmatha TV
  • बिहिबार, बैशाख १४, २०८०
तिनाउ नदीमा डुबेर बेपत्ता भएका एक किशोर मृत फेला

बुटवल– पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित तिनाउ नदीमा डुबेर बेपत्ता भएका एक किशोर मृत फेला परेका छन् । 

बुधबार दिउँसो रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ गल्लामण्डीका १७ वर्षीय शिशिर उपाध्याय ड्यामसाईडस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार खोजीकार्य जारी रहेकोमा बिहीबार दिउँसो सोही ठाउँमा उनको शव फेला परेको हो । 

शवलाई पोस्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका