जोडिनुहोस
  • होमपेज
  • १२ जनालाई साइनाइड खुवाएर मारेको आरोपमा थाई महिला पक्राउ

१२ जनालाई साइनाइड खुवाएर मारेको आरोपमा थाई महिला पक्राउ

काठमाडौं— आफ्ना १२ जना साथी र चिनजानका मानिसलाई साइनाइड खुवाएर मारेको आरोपमा थाई प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

प्रहरीले सरत रंग्सिवुतापोर्न नामकी यी महिलालाई बैंककबाट पक्राउ गरेको हो।

उनका एक साथी सिरीपोर्न खानभोङको मृत्युपछि सोधपुछका क्रममा महिलालाई पक्राउ गरिएको हो। पक्राउ परेकी महिलाको भूमिकामाथि पीडित परिवारले शंका व्यक्त गरेका छन्।

वास्तवमा ती महिलाको यात्राकै क्रममा मृत्यु भएको थियो र त्यस क्रममा संदिग्ध महिला उनीसँगै थिइन्। प्रहरीले पैसाका लागि हत्या गरेको आरोप लगाएको छ।

यस विषयमा अनुसन्धान गरिसकेपछि प्रहरीले भनेको छ । यी महिलाले आफ्नो पूर्व प्रेमी सहित अन्य ११ जनाको हत्या गरेकी छन्। सरतले भने प्रहरीले लगाएको आरोप अस्वीकार गरेकी छन्। पक्राउ परेकी महिलाको जमानत निवेदन खारेज भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका