जोडिनुहोस
  • होमपेज
  • ‘नाई न भन्नू ल–६’, ‘प्रसाद—२’ र ‘कैदीको पत्र’ प्रर्दशनमा

‘नाई न भन्नू ल–६’, ‘प्रसाद—२’ र ‘कैदीको पत्र’ प्रर्दशनमा

काठमाडौं– आज (शुक्रबार) देखि तीन चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएका चलचित्र हुन् ‘नाई न भन्नू ल-६’, ‘प्रसाद-२’ र ‘कैदीको पत्र’ । शुक्रबार प्रदर्शनअन्तर्गत यी चलचित्र प्रदर्शनमा आएका हुन् । चलचित्र ‘नाई न भन्नू ल-६’लाई विकासराज आचार्यले निर्देशन गर्नुभएको हो भने ‘प्रसाद-२’लाई सुदर्शन थापा र ‘कैदीको पत्र’लाई सनमकुमार वैरागले निर्देशन गर्नुभएको हो ।

सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीको लेखन रहेको ‘नाई न भन्नू ल-६’मा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्गबहादुर पुन, अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलका छोरा अथर्वको पनि अभिनय छ । आख्यान फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल हुनुहुन्छ ।

सिनेमाघरमा आजदेखि तीन चलचित्र ‘नाई न भन्नू ल-६, ‘प्रसाद-२’ र ‘कैदीको पत्र’ प्रदर्शनमा आएका छन् । चलचित्र ‘नाई न भन्नू ल-६’ लाई विकासराज आचार्यले निर्देशन गर्नुभएको हो भने प्रसाद-२ लाई सुदर्शन थापा र कैदीको पत्रलाई सनमकुमार वैरागले निर्देशन गर्नुभएको छ ।

चलचित्र ‘नाई नभन्नु ल ६’ले यसअघि वैशाख १ लाई प्रदर्शन मिति तय गरेको थियो । चलचित्रका कार्यकारी निर्माता भनिएका सञ्जय न्यौपानेविरुद्ध आर्थिक लेनदेनको विषयलाई लिएर चलचित्र विकास बोर्डमा उजुरी परेपछि चलचित्रको सार्वजनिकमा प्रभावित भएको थियो ।

आजदेखि सिनेमाघरमा आएको अर्को चलचित्र ‘प्रसाद २’ लभ स्टोरी चललिचत्र हो । निर्देशक थापाका अनुसार पहिलो सिक्लेल जस्तै चलचित्र ‘प्रसाद २’ले जातीयताको मुद्दालाई उठान गरेको छ । थापाले यसपटक सामाजिक कथावस्तु लिएर दर्शकमाझ आउनुभएको हो । एसजी फिल्मस्सँग सुलभ थापा प्रोडक्शनले सहकार्य गर्दै तयार भएको यो चललिचत्रको स्लोगन ‘मायाभन्दा ठूलो नै क छ र’ राखिएको छ ।

सुभाष थापाको प्रस्तुति रहेको यो चलचित्रलाई सुदर्शन बस्नेतले निर्माण गर्नुभएको हो । चललिचत्रको सोमबार बिग मुभिज मल्टिप्लेक्समा प्रिमियर गरिएको थियो । प्रिमियरमा दर्शकले राम्रो प्रतिक्रिया दिएका थिए ।

२०७५ सालमा रिलिज भएको ‘प्रसाद’को दोस्रो शृंखला रहेको यो चललिचत्र प्रेम, जातीय असमानता र सामाजिक मूल्यविरुद्ध हुने विद्रोहको कथा भन्छ । दोस्रो शृंखलामा केकी अधिकारी र अर्पण थापाको प्रवेश भएको छ । विपिन कार्कीको अपोजिटमा केकी अधिकारी हुनुहुन्छ । सञ्चारकर्मी सुशील पौडेलले पटकथा लेख्नुभएको हो ।

यो चललिचत्रले पनि गत चैत २४ लाई प्रदर्शन मिति तय गरेको थियो । व्यवसायी केशव पाण्डेले आफ्नो ९० प्रतिशत स्वामित्व रहेको चलचित्र १० प्रतिशत स्वामित्व रहेका निर्माता सुभाष थापाले बिना अनुमति रिलिज गर्न लागेको भन्दै तत्काल प्रदर्शन रोक्न रिट हालेपछि चलचित्रको प्रदर्शन रोकिएको थियो ।

त्यस्तै, आजदेखि चलचित्र ‘कैदीको पत्र’ सिनेमाघरमा आएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन स्कटल्याण्डमा गरिएको हो । चलचित्रमा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, विजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटीलगायत नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ ।

चलचित्रका निर्मातामा दिल घले, नानी वैराग, कैलाश विश्वकर्मा र हीराल जोशी हुनुहुन्छ । रामशरण कोइरालाको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, अर्जुन जिसङको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका