जोडिनुहोस
  • होमपेज
  • हिजो स्थगित भएको राष्ट्रियसभा बैठक आज बस्दै

हिजो स्थगित भएको राष्ट्रियसभा बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण भन्दै आजसम्मका लागि स्थगित भएको थियो ।

यसअघि हिजो तय भएको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको थियो ।

साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका