जोडिनुहोस
  • होमपेज
  • तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले सस्तिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा करोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ९ हजार एक सय रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका