जोडिनुहोस
  • होमपेज
  • कुवेत र नेपालको सेमिफाइनल खेल टियुमा हुने

कुवेत र नेपालको सेमिफाइनल खेल टियुमा हुने

काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर कपको नेपाल र कुवेतबीचको सेमिफाइनल खेलमा टियुमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले नेपालको सेमिफाइनल टियुमा हुने पक्का भएको जनाएका छन् ।

कुवेतले समूह बी को निर्णायक खेलमा हङकङलाई ३० रनले हराएपछि सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भेट पक्का गरेको थियो । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार टियु मैदानमा हुनेछ ।

नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेल्ने भएका हुन् ।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएईबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल भने मुलपानी मैदानमा हुनेछ ।

योसँगै मुलपानी मैदानले पनि एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) मान्यत पाउने भएको छ ।

यसै प्रतियोगिताबाट नेपालले मुलपानीमा पहिलो अन्तर्राष्ट्रिय खेल आयोजना गरेको थियो । युएई र ओमान दुबै ओडिआई मान्यता देश हुँदा मुलपानीले पनि ओडिआई मान्यता पाउने भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका