जोडिनुहोस
  • होमपेज
  • रूसी मिसाइल आक्रमणमा कम्तिमा ५ जनाको मृत्यु

अन्तर्राष्ट्रिय

रूसी मिसाइल आक्रमणमा कम्तिमा ५ जनाको मृत्यु

  • Sagarmatha TV
  • शुक्रबार, बैशाख १५, २०८०
रूसी मिसाइल आक्रमणमा कम्तिमा ५ जनाको  मृत्यु

कीभ । युक्रेनको राजधानी कीभलगायतका सहरमा भएको रुसी हवाई आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । स्थानीय मेयरका अनुसार डिनिप्रो शहरमा एक महिला र तीन वर्षका एक बालकको मृत्यु भएको छ। त्यस्तै उमानमा आवासीय भवनहरूमा क्षेप्यास्त्रहरू प्रहार गर्दा तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। त्यहाँ रहेको नौ तले अपार्टमेन्टमा नराम्ररी क्षति पुगेको छ ।

इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार क्रेमेन्चुक र पोल्टाभा सहरहरूमा पनि विस्फोट भएको थियो। कीभमा ११ मिसाइल र दुई ड्रोनहरू वायु रक्षा प्रणालीद्वारा खसालेको अधिकारीहरूले दाबी गरेका छन् । कीभ सहरका सैन्य प्रशासन प्रमुखले राजधानीमा ५१ दिनमा पहिलो पटक रुसी मिसाइल आक्रमण भएको बताए । त्यहाँ नागरिक हताहत भएको कुनै तत्काल रिपोर्ट छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका