जोडिनुहोस
  • होमपेज
  • निजामती अस्पतालको स्तरोन्नतिका लागि चीन सरकारले गरेको सहयोगप्रति प्रधानमन्त्री दाहालद्वारा आभार व्यक्त

निजामती अस्पतालको स्तरोन्नतिका लागि चीन सरकारले गरेको सहयोगप्रति प्रधानमन्त्री दाहालद्वारा आभार व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको निजामती अस्पतालको स्तरोन्नतिका लागि चीन सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।

निजामती सेवा अस्पताल, चिनियाँ दूतावास र ग्वाङ्जाओ इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीले आयोजना गरेको हस्तान्तरण समारोहमा प्रधानमन्त्री दाहालले प्रविधि हस्तान्तरण र विशेष अस्पतालहरू विकास लगायतका स्वास्थ्य क्षेत्रका विषयहरूमा नेपाल र चीनबीच थप सहकार्य हुने विश्वास व्यक्त गरे ।

निजामती अस्पतालले स्तरोन्नति परियोजना मार्फत पूर्वाधार र सुविधाको विस्तार र स्तरोन्नति गरी बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल सक्षम भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।

यसैबीच, चीनले ब्लड क्यान्सरको उपचारका लागि अस्पताललाई प्रविधि उपलब्ध गराउन सहमत भएको अस्पताल श्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका