जोडिनुहोस
  • होमपेज
  • चीनसँग आर्थिक साझेदारी निर्माण गर्न चाहन्छौँ : प्रधानमन्त्री प्रचण्ड

चीनसँग आर्थिक साझेदारी निर्माण गर्न चाहन्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन् ।

आज काठमाडौँमा चीन सरकारले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको नयाँ सर्किजल भवन र पुरानो भवनको पुनर्निर्माण सहित हस्तान्तरण समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले चीनले चिकित्सा विज्ञान र प्रविधि सहितको सामाजिक–आर्थिक विकासमा गरेको ठुलो फड्को मारेको भन्दै विकासका परिणामहरू प्रदान गर्न र नेपाली जनताको समृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने आकांशा रहेको बताए ।

उनले विशेष गरी स्वास्थ्य क्षेत्रमा नेपालले जनताको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, स्वास्थ्य सुविधाहरूमा सुधार गर्न, स्वास्थ्य पूर्वाधारको बिस्तार गर्न,अस्पतालहरूलाई आधुनिक र अत्याधुनिक सुविधाहरू प्रदान गर्न चीनसँग थप सहकार्य गर्ने बताए । उनले डाक्टरहरू र स्वास्थ्यकर्मीहरूलाई ज्ञान, सीपहरू,अस्पताल र स्वास्थ्य सुविधाहरूलाई आवश्यक पर्ने प्रविधिको सहयोगको आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री दाहालले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग मित्रवत् र असल छिमेकी सम्बन्धको विशेषता भएको उल्लेख गरे । उनले विकास पूर्वाधारहरू सिर्जना गर्न, कनेक्टिभिटी बढाउन,मानव संसाधनको विकास गर्न र अन्य मानिसहरूको जीविकोपार्जनलाई समर्थन गर्न चीन सरकारको धेरै सहयोगको आवश्यकता रहेको बताए । उनले नेपालका स्वास्थ्य पूर्वाधारहरू सिर्जना गर्न,अस्पतालहरूलाई उपकरण र चिकित्सा आपूर्तिमा चीनको समर्थन सह्रानीय रहेको भन्दै प्रशंसा गरे ।

प्रधानमन्त्री दाहालले चीनका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गरेका डाक्टरहरूले निजामती कर्मचारी अस्पतालमा राम्रो काम गरिरहेको बताए । उनले कोभिड महामारीको बेला जीवन बचाउने भ्याक्सिन, अत्यावश्यक चिकित्सा उपकरण र अन्य अत्यावश्यक चिकित्सा सामग्रीमा चीनले गरेको उदार सहयोगप्रति कृतज्ञ रहेको भन्दै चीन सरकारलाई धन्यवाद दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका