जोडिनुहोस
  • होमपेज
  • रास्वपाले सरकारलाई दिएको समर्थनबारे आजै निर्णय लिनसक्छ : रवि लामिछाने

रास्वपाले सरकारलाई दिएको समर्थनबारे आजै निर्णय लिनसक्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ताबारे आज निर्णय लिनसक्ने बताएका छन् । प्रतिनिधिसभाको सदस्यको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सकेसम्म आजै केन्द्रीय समितिको बैठक बसेर निर्णय लिने उनले बताए ।

उनले आफूहरू देशमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको बताए । सरकारबारे पार्टी र संसदीय दलको बैठकमा छलफल गरेर निर्णय लिने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई बधाई दिन फोन गरेको बताए । कुराकानीको क्रममा सरकारलाई दिएको समर्थन फिर्ताबारे चासो राखेको भएपनि गम्भीर छलफल नभएको रविले बताए ।

उनले भने, ‘बधाई दिन प्रधानमन्त्रीले फोन गर्नुभएको थियो । समर्थन फिर्ता लिनेबारे मैले यस्तो सुने के हो ? भनेर चासो राख्नुभएको थियो। त्यसबारे थप छलफल भएको छैन ।’ उनले सरकारको न्यूनतम साझा कार्यक्रमबाट आफ्नो एजेण्डा हटाएकोप्रति असन्तुष्टि जनाए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका