जोडिनुहोस
  • होमपेज
  • भारतमा सात हजार बढी कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय

भारतमा सात हजार बढी कोरोना सङ्क्रमित

  • Sagarmatha TV
  • शुक्रबार, बैशाख १५, २०८०
भारतमा सात हजार बढी कोरोना सङ्क्रमित

गत बुधबारदेखि भारतमा कोराना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छभने यसबाट स्वास्थ्यलाभ गर्नेको सङ्ख्या बढ्दै गएको छ । बितेका २४ घण्टामा सात हजार पाँच सय ३३ जनामा कोभिड–१९ सङ्क्रमण पत्ता लागेको तथा ११ हजार ४७ जनाले कोरोनालाई परास्त गरेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज जनाएको छ ।

दुई लाख आठ हजार एक सय १२ जनाको स्वाब परीक्षण गर्दा सात हजार पाँच सय ३३ जनामा सङ्क्रमण पत्ता लागेका हो । अघिल्लो साता भारतमा कोरोना महामारी मत्थर भएयता सबैभन्दा धेरै बिरामी फेलापरेपछि केन्द्र सरकारले परीक्षणलाई तीव्र गतिमा अघि बढाउनका साथै खोप अभियानलाई पनि उच्च प्राथमिकता दिँदै आएको छ ।

हाल भारतमा कोरोनाबाट सक्रिय रूपमा सङ्क्रमित बिरामी ०.१२ प्रतिशत रहेका उक्त मन्त्रालयले जनाएको छ । चार करोड ४३ लाख ४७ हजार २४ जना रोगमुक्त भएका छन् । विश्वव्यापी कोरोना महामारी शुरुभएदेखि हालसम्म दुई अर्ब २० करोड ६६ लाख भारतीयले कोरोनाविरुद्ध खोप लगाइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका