जोडिनुहोस
  • होमपेज
  • आइतबार ६ अर्ब आन्तरिक ऋण उठाइँदै, २१ अर्ब १० करोड नवीकरण हुने

आइतबार ६ अर्ब आन्तरिक ऋण उठाइँदै, २१ अर्ब १० करोड नवीकरण हुने

काठमाडौं । नेपाल सरकारले ट्रेजरी बिल मार्फत ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । १७ वैशाख आइतबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुन लागेको र जसमध्ये ६ अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिल जारी हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै सरकारले आइतबार नै २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्दै आन्तरिक ऋण नवीकरण गर्न लागेको हो । ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ३ अर्ब रुपैयाँ र १८२ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ३ अर्ब गरी ६ अर्ब आन्तरिक ऋण परिचालन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

नवीकरण गर्न लागिएको आन्तरिक ऋणमध्ये २८ दिन अवधिको ट्रेजरी बिल ४ अर्ब रुपैयाँ बराबरको रहेको छ । त्यस्तै ९१ दिन अवधिको ट्रेजरी बिल ५ अर्ब १० करोडको, १८२ दिन अवधिको ट्रेजरी बिल १० अर्बको र ३६४ दिन अवधिको २ अर्बको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका