जोडिनुहोस
  • होमपेज
  • आयोगद्वारा उपनिर्वाचन परिणामसहितको प्रतिवेदन पेस

आयोगद्वारा उपनिर्वाचन परिणामसहितको प्रतिवेदन पेस

काठमाडौँ । निर्वाचन आयोगले वैशाख १० गते सम्पन्न उपनिर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालयमा पेस गरेको छ ।
निर्वाचन आयोगले शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपतिको अनुपस्थिति रहेकाले उपराष्ट्रपतिलाई परिणामसहितको प्रतिवेदन पेस गरेको हो ।

संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने भन्ने व्यवस्था भएअनुसार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

वैशाख १० गते बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन सम्पन्न भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका