जोडिनुहोस
  • होमपेज
  • आज मध्यरातबाट संसद अधिवेशन अन्त्य हुने

आज मध्यरातबाट संसद अधिवेशन अन्त्य हुने

काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने भएको छ । संसद सचिवालय स्रोतको अनुसार अहिले केहीबेरमा बस्ने बैठक नै हिउँदे अधिवेशनको अन्तिम बैठक हुनेछ ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अन्मिनको प्रमाणीकरणमा अयोग्य ठहर भएका लडाकूहरुलाई रकम दिने विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी छ । त्यसमा सरकारले जवाफ दिनेछ । सभामुखले १० वटा विषयगत समितिमा रहने सदस्यहरु पनि जानकारी गराउने कार्यसूची छ ।

तर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन विशेष समिति भने नबन्ने भएको छ । प्रमुख तीन दलबीच केही दिन पहिले विशेष समिति बनाउने सहमति भएको थियो । तर प्रमुख प्रतिपक्षी एमालेले अहिले तयार नभएकाले आजको बैठकले समिति नबनाउने सत्तारुढ दलका एक सांसदले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका