जोडिनुहोस
  • होमपेज
  • पूर्वराजा, पूर्वरानीले सामाजिक सञ्जाल नचलाएको सचिवालयलेद्धारा जानकारी

पूर्वराजा, पूर्वरानीले सामाजिक सञ्जाल नचलाएको सचिवालयलेद्धारा जानकारी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहकाे संवाद सचिवालयले पूर्वयुवराज्ञी हिमानी शाहले कुनै प्रकारको सामाजिक सञ्जाल सञ्जालन नगरेको बताएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै सचिवालयले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले कुनै पनि प्रकारको सामाजिक सञ्चालन नगरेको स्पष्ट पारेको हो ।

निराधार कपोकल्पित भ्रमजालबाट मुक्त रहन सबैमा आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउन पनि अनुरोध गरिन्छ,” सचिवालयको विज्ञप्तिमा भनिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले हिमानी शाहको नाममा रहेको फेक ट्विटर अकाउन्टमा गरिएको पोस्टबारे टिप्पणी गरेका थिए । ओलीले ‘छोरा, बुहारीलाई अगाडि सारेर फुरफुर’ नगर्न चेतावनीसमेत दिएका थिए ।

तर, पूर्वराजाको सचिवालयले यसअघि २३ मंसिर २०७८ मा पनि सचिवालयले पूर्वराजा शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानीले सामाजिक सञ्जाल सञ्चालन नगरेको जानकारी गराइसकेको स्मरण गराएको छ ।

 

Gyn1682675437.jpg

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका