जोडिनुहोस
  • होमपेज
  • जनमतको कदर गर्दै रविलाई रोजेको मन्त्रालय दिऊँ, म त्याग गर्न तयार छु : मन्त्री किराँती

जनमतको कदर गर्दै रविलाई रोजेको मन्त्रालय दिऊँ, म त्याग गर्न तयार छु : मन्त्री किराँती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् । शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित पौवामा आयोजित होटल शेवा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन कार्यक्रममा मन्त्री किराँतीले, ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन् । यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ । त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु ।’

हजारौं जनताको बलिदानीबाट प्राप्त यो व्यवस्थाले अझै जरा गाड्न नसकेको उल्लेख गर्दै उनले जनताको दिनदैनिकी दयनीय बन्दै गइरहेको बताए । देशको अर्थतन्त्र जरजर अवस्थामा छ यसको सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गर्न पनि उनले आग्रह गरे ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको जुन अभिमत पायो । यो जनताको आक्रोश हो । मुख्यतः जिम्मेवार ठूला दलहरुको अकर्मण्यताको पराकाष्ठ हो’, उनले भने, ‘हामी राजनीतिको नाममा धेरै विभाजित भयौँ । अब देशलाई यो संकटबाट मुक्त गर्न सबै मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गरौँ ।’

किराँतीले गणतन्त्र नेपालमा राणकालीन कानुन बोकेर हिड्नु परेको समेत बताएका छन् । ‘एउटा व्यवसाय दर्ता गर्न ७ ओटा मन्त्रालय र २२ ओटा विभाग र सयौ टेबल पुग्नु पर्ने अवस्था छ’, किराँती भने, ‘विदेशी पर्यटकलाई नेपाल भित्र्याउन झन्झटिलो नियम कानुनछन् । पैसामा चावि लगाएर मरूभूमिमा श्रम गर्न पठाउने हाम्रो नीतिमा मै खोट छ । युवालाई खाडी पठाएर तिनले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको छ तर तिनलाई नै आज प्लेनको टिकट महँगो भएकोले सास्ती भइरहेको छ ।’

मन्त्रालय र मन्त्रीलेले नीति बनाउँछ नेतृत्व गर्छ पर्यटन बोर्डले प्रवर्द्धन र प्रचार गर्छ ,पर्यटन विभागले संरचना बनाउँछ होटल व्यवसायीले पाहुनालाई कहिल्यै नविर्सने सेवा दिएपछि मात्रै पर्यटनको सुन्दर आधार बन्ने समेत मन्त्री किराँतीले बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका