जोडिनुहोस

‘ए’ डिभिजन लिग : आज तीन खेल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछन् ।

लिगको १३ औं चरण अन्तर्गत शनिबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र आर्मीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

हिमालयन आज चौंथो जितको योजनामा हुनेछ । हिमालयन १२ खेलमा १३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

आर्मी छैटौं जितको खोजीमा हुनेछ । आर्मी १२ खेलमा १९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यस्तै रंगशालामा हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र मनाङबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

चर्च ब्वाइज पाँचौं जित निकाल्न चाहन्छ । चर्च ब्वाइज १२ खेलमा १८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

मनाङ पनि पाँचौं जितको योजनामा हुनेछ । मनाङ १२ खेलमा १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

च्यासल मैदानमा संकटा क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र जावलाखेलबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

संकटा आज पाँचौं जितको खोजीमा रहेको छ । संकटा १२ खेलमा १५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

जावलाखेल आठौं जित निकाल्न चाहन्छ । जावलाखेल १२ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका