जोडिनुहोस
  • होमपेज
  • नेपाल र कुवेतबिचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण अवरुद्ध : प्रिमियर कप

नेपाल र कुवेतबिचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण अवरुद्ध : प्रिमियर कप

काठमाडौँ – एसीसी प्रिमियर कपमा नेपाल र कुवेतबिचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिन पुगेको छ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा पानी परेका कारण नेपाल–कुवेतबिचको जारी खेल अवरुद्ध हुन पुगेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ वटा विकेट गुमाउँदै १ सय ४१ रन बनाइरहेको बेला खेल मैदानमा पानी परेको हो । सुरुवातीमा विस्फोटक ब्याटिङ गरे पनि लगभग तीन विकेट गुमाए पछि नेपाल दबाबमा परेको थियो ।

खेल पुनः सुरु नभई रोकिन पुगेको खण्डमा नेपाल स्वतः सेमिफाइनलमा पुग्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका