जोडिनुहोस
  • होमपेज
  • वर्षाले खेल रद्द भएपछि नेपाल फाइनलमा

वर्षाले खेल रद्द भएपछि नेपाल फाइनलमा

काठमाडौँ । कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । समूह चरणमा नेपालको प्रदर्शन कुवेतभन्दा राम्रो रहेको आधारमा नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको हो । नेपाल समूह ए को विजेता हो भने कुवेत समूह बीको उपविजेता हो ।

वर्षाले प्रभावित भएर ४२–४२ ओभरमा छोट्याइएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो । डक्वर्थ लुइसको आधारमा २ सय ८१ रनको लक्ष्य पाएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाएको स्थितिमा भारी वर्षा सुरु भएपछि खेल रद्द गर्नुपरेको हो ।

लक्ष्य पछ्याउन उत्रेको कुवेतमाथि करन केसी भारी परेका थिए । उनले मात्र १० खर्चेर कुवेतका ५ जना खेलाडीलाई पभिलियन फर्काए । त्यस्तै, सोमपाल कामीले एक विकेट लिए ।

यसअघि नेपालका लागि कप्तान रोहित पौडेल नायक बने । उनले ९४ बलमा ९४ रन बनाउँदै नेपाललाई विशाल योगफलतर्फ डोर्‍याएका थिए । ४१ औँ ओभरमा आउट हुनअघि पौडेलले ७ चौका र ३ छक्का हिर्काए ।

नेपालमा खेलमा राम्रो सुरुवात गरेको थियो । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले तीव्र गतिमा रन बनाउँदै ७७ रनको साझेदारी गरेका थिए । ३९ बलमा ४३ रन बनाएर भुर्तेल आउट भएपछि भने नेपालले ३ रनको अन्तरमा तीन विकेट गुमाउन पुगेको थियो । भीम सार्की मात्र एक रन बनाएर आउट भए भने लगत्तै शेख पनि ३१ रन बनाएर आउट हुन पुगे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका