जोडिनुहोस

खेलकुद

बार्सिलोनाको फराकिलो जित

  • Sagarmatha TV
  • आइतवार, बैशाख १७, २०८०
बार्सिलोनाको फराकिलो जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४-० गोल अन्तरले हराएको हो ।

खेलको १४ औं मिनेटमा आन्द्रेअस क्रिस्टियनले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा एड्जर गोन्जालेजले रातो कार्ड पाएपछि बेटिस १० खेलाडीमा समेटियो ।

खेलको ३६ औं मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।

३९ औं मिनेटमा राफिन्हाले गोल गर्दा बार्सिलोना ३-० ले अघि रह्यो । त्यसपछि खेलको ८२ औं मिनेटमा गुइडो रोड्रिगेजले आत्मघाती गोल गर्दा बार्सिलोना ४-० ले विजयी भयो ।

जितसँगै बार्सिलोनाल३२ खेलमा ७९ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको रियल भन्दा ११ अंकले अघि रहेको छ ।

बेटिस ४९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका