जोडिनुहोस
  • होमपेज
  • रियलको जितमा बेन्जिमाको ह्याट्रिक

रियलको जितमा बेन्जिमाको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले अल्मेरियालाई ४-२ गोल अन्तरले हराएको हो ।

करिम बेन्जिमाले ह्याट्रिक गरेपछि रियलले सहज जित निकालेको हो । खेलको पाँचौं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

१७ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-० को अग्रता दिलाए । खेलको ४२ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत ह्याट्रिक पूरा गर्दा रियलको अग्रता तेब्बर बन्यो ।

पहिलो हाफको इन्जुरी समयमा लाजारोले गोल गर्दै अल्मेरियालाई ३-१ को स्थितिमा ल्याए । ४७ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ४-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ६१ औं मिनेटमा अल्मेरियाका लुकासले गोल गरेपनि रियल ४-२ ले विजयी भयो । जितसँगै रियलले ३२ खेलमा ६८ अंक जोडेको छ ।

रियल दोस्रो स्थानमा रहेको छ । अल्मेरिया ३३ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका