जोडिनुहोस
  • होमपेज
  • युद्धविरामका बाबजुद सुडानमा लडाइँ जारी, राजधानीमा आक्रमण गर्ने सेनाको तयारी

युद्धविरामका बाबजुद सुडानमा लडाइँ जारी, राजधानीमा आक्रमण गर्ने सेनाको तयारी

खार्तुम । सुडानको सेनाले राजधानी खार्तुममा आक्रमण गर्नका लागि ठुलो सङ्ख्यामा ट्याङ्क र तोप तैनाथ गरेको छ । युद्धविरामको अवधि ७२ घण्टा थप गरिए पनि हवाई र जमिनी हमला जारी रहेको छ । सेनालाई सर्वसाधारणलाई घरभित्रै बस्न र झ्यालबाट टाढा रहन अपिल गरेको छ ।

सेनाले राजधानी खार्तुममा चारैतर्फबाट हमला गरिरहेको जनाएको छ । युद्धविराम बाबजुद सेनाले प्रतिद्वन्द्वी अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेसद्वारा कब्जा गरिएको क्षेत्रलाई पुनः कब्जा गर्ने प्रयास गरिरहेको छ । छिमेकी देश दक्षिण सुडानको सरकारले दुई पक्षका प्रतिनिधिहरूलाई शान्ति वार्ता गराउने प्रयास गरिरहेको जानकारी दिएको छ । सुडानका पूर्व प्रधानमन्त्री अब्दुल्ला हमदोकले दुवै पक्षबीच संवादका लागि अन्तर्राष्ट्रिय स्तरमा एकीकृत प्रयास गर्न अपिल गरेका छन् ।

हमदोकले यसलाई मूर्खतापूर्ण लडाइँको संज्ञा दिँदै यसमा कुनै पनि पक्षको जीत नहुने दाबी गरेका छन् । यो युद्धका कारण देशको हालत सिरिया र लिबियाभन्दा खराब हुन सक्ने उनको चेतावनी छ । पछिल्ला दुई हप्तादेखि जारी युद्धमा सयौँको सङ्ख्यामा मारिएका छन् । त्यस्तै हजारौँले देश छाडेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका