जोडिनुहोस
  • होमपेज
  • भारतमा ११ दिनको उपचारपछि राष्ट्रपति आज स्वदेश फर्किँदै

भारतमा ११ दिनको उपचारपछि राष्ट्रपति आज स्वदेश फर्किँदै

काठमाडौँ । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् । नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज डिर्चाज भएर स्वदेश फर्किन लागेका हुन् ।

राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेका अनुसार उनी अस्पतालबाट सिधै विमानस्थलबाट काठमाडौँ आउने कार्यक्रम छ । उनले भने, ‘आज राष्ट्रपतिज्यू स्वदेश फर्किनुहुन्छ । आज राति ८ बजे काठमाडौँ आइपुग्नुहुन्छ ।’

स्वास्थ्यमा समस्या आएपछि वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिएको थियो । उनलाई उच्च सुरक्षासहित एम्स पुर्‍याइएको थियो ।

उनको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा।डा। अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न रहेको छ । शनिबार नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने जनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका