जोडिनुहोस
  • होमपेज
  • मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेलाई पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेलाई पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

जनकपुरधाम । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।

जनकपुरधाममा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उदघाटन कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै श्रेष्ठले पीडितलाई न्याय र पीडकलाई सजायँ दिने बताएका हुन् ।

‘पीडित पीडित नै हो । त्यो कुनै पार्टीको भनेर म चिन्दिनँ, सरकार चिन्दैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘कुनै पार्टीको नेता, पहुँचवाला व्यक्ति वा कसैले पनि मिटरब्याजी पीडकहरुको पक्षमा भूमिका खेल्न खोज्यो भने उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याइने छ ।’

उनले मिटरब्याज पीडितहरुलाई न्याय दिन सरकारले चालेका कदमलाई उत्साहजनक समर्थन गरेको भन्दै सबै राजनीतिक दल र मधेश प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका