जोडिनुहोस
  • होमपेज
  • नेसनल शब्द जोड्न कम्तीमा २५ जिल्लाका विद्यार्थीहरू अध्ययनरत हुनुपर्ने

नेसनल शब्द जोड्न कम्तीमा २५ जिल्लाका विद्यार्थीहरू अध्ययनरत हुनुपर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरभित्रका कुनै पनि निजी विद्यालयहरूले आफ्नो नाममा नेसनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थीहरू अध्ययनरत रहेको हुनुपर्ने व्यवस्था गरेको छ।

महानगरपालिकाका प्रमुख बालेन साहले  विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ ले विद्यालयको नाम र चिन्हका बारेमा एकरूपता ल्याउन खोजेको बताए।

उनका अनुसार कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एकतिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ।
कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेशनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शब्द जोड्न चाहेमा कम्तीमा एकतिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ।

त्यस्तै,विद्यालयको नामको अन्तमा विद्यालय स्कुल वा पाठशाला शब्द जोडिएको हुनुपर्ने उनले बताए। ‘तर, यो उपनियम लागू हुनुअगावै यस नियम विपरीतका शब्दहरू जोडेर नामाकरण भइसकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको  दोस्रो शैक्षिक–सत्रको सुरुदेखि नै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामकरण गर्नुपर्नेछ,’उनले भने।

विद्यालयको चिन्ह : विद्यालयको चिन्ह षट्कोणको हुने उनले जानकारी दिए। उनका अनुसार विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सक्नेछ।

विद्यालयको नामकरणमा समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्नेछ।

‘तर, यो नियम प्रारम्भ हुनुभन्दा अगावै यस नियम विपरीत नामाकरण भइसकेका विद्यालयको हकमा यो नियम जारी भए पछिको   दोस्रो शैक्षिक सत्रको सुरू देखिनै लागू हुनेगरी पुनःनामाकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने छ,’उनले भने।

यी नियमको पालना गरि विद्यालयको चिन्ह र नाममा एकरूपता ल्याएर मौलिक र मापदण्ड अनुरूप रहन आग्रह गर्दै उनले नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने चेतावनी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका